logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • मन्त्रिपरिषदबाट पारित भएको नेपालको नयाँ नक्सा बुधबार सार्वजनिक गर्ने

    मन्त्रिपरिषदबाट पारित भएको नेपालको नयाँ नक्सा बुधबार सार्वजनिक गर्ने

    1.3K
    Shares

    सोमबारको मन्त्रिपरिषदबाट पारित भएको नेपालको नयाँ नक्सा बुधबार सार्वजनिक गर्ने तयारी गरिएको छ । लिम्पियाधुरा सहित समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ

    नीति तथा कार्यक्रम मार्फत् सरकारले नयाँ नक्सा सार्वजनिक गर्ने घोषणा गरेको थियो । २ जेठ बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि सरकारले नीति तथा कार्यक्रम, मन्त्रिपरिषद बैठक हुँदै प्रक्रिया अगाडि बढाएको हो ।

    मंगलबार नीति तथा कार्यक्रम माथि उठेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले चाँडै नक्सा सार्वजनिक गर्ने बताएका थिए । बुधबार नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको सरकारले संविधान संशोधनको प्रक्रिया समेत अगाडि बढाएको छ ।

    सरकारका उच्च स्रोतका अनुसार, संविधानको अनुसूची–३ मा राखिएको नेपालको नक्सा संशोधन गर्नेगरी संविधान संशोधन प्रक्रिया अगाडि बढाइएको छ ।

    भारत सरकारले नेपालको भूमि अतिक्रमण गरी सडक उद्घाटन गरेपछि नेपालले पनि नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्री ओलीले नक्सा सार्वजनिक भएकाले अब कुटनैतिक तवरबाट भूमि फिर्ता लिने प्रक्रिया अगाडि बढाउने बताएका छन् । भारतीय पक्षबाट भने विदेश मन्त्रालय प्रवक्ताले महामारीको अन्त्य पछाडि छलफल गर्ने प्रतिक्रिया दिएका थिए । तर, नेकपा सरकारले महामारीको मौका छोपेर अतिक्रमण गरिएकाले तत्काल वार्ताका लागि आह्वान गरेको छ ।

    गएको नोभेम्बरमा मात्रै भारतले कश्मीर सहितको राजनीतिक नक्सा सार्वजनिक गर्दा नेपालको भूमि अतिक्रमण गरेको थियो । यसबारे छलफल भइरहँदा भारत सरकारले चीनको मानसरोवर जोड्ने सडक उद्घाटन गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend