काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
मंगलबारको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गरेका थिए । सो प्रश्तावमाथि सांसदहरुले सामान्य छलफल गरी सर्वसम्मतिले पारित गरेका हुन् ।
राष्ट्रिय सभाको अर्को बैठक असार ४ गते दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।
याे पनि :
राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश