मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विराटनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विराटनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

काठमाडौं । प्रदेशमा शान्ति, सुरक्षा, विकास र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विराटनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार, गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको संयुक्त आयोजनामा दुईदिने सुरक्षा गोष्ठी सोमबार सम्पन्न भएको हो ।

गोष्ठीमा प्रदेशभित्रका जिल्लाहरूमा देखापरेका सुरक्षा चुनौती, अपराध नियन्त्रण, सेवा प्रवाह, विकास निर्माण, विपद् व्यवस्थापन पूर्वतयारी र प्रतिकार्य, राजश्व चुहावट नियन्त्रण, प्राकृतिक स्रोतको कानुनसम्मत उपयोग, सार्वजनिक र सरकारी जग्गाको संरक्षणलगायतका विषयमा प्रस्तुतीकरण र छलफल गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले बताए ।

गोष्ठीले कोशी प्रदेशमा सामाजिक, धार्मिक सद्भाव एवं भाइचारा हिसावले संवेदनशील रहेको, पछिल्लो समयमा आर्थिक तथा वित्तीय अपराधका घटना बढ्दै गएको, लागुऔषधको दुरुपयोग नियन्त्रणका लागि सुरक्षा निकायको निरन्तरको प्रयासका बावजुद पनि यसले बढ्दो रूप लिँदै गएको र बेलाबेलामा हुने राजनीतिक द्वन्द्वलगायतका घटनाहरूबाट सुरक्षा चुनौती बढ्दै गएको औंल्याएको छ ।

गोष्ठीमा सहभागीहरूले प्रदेशमा शान्ति सुरक्षा, सामाजिक एवं धार्मिक सद्भाव अभिवृद्धि, राजश्व चुहावट नियन्त्रण, लागुऔषध नियन्त्रणलगायतका विषयमा सबैतिरबाट सकारात्मक सहयोग प्राप्त भएको उल्लेख गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend