काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य बुधबार तोलामा ६०० रुपैयाँ बढेको हो ।
मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी बुधबार १ हजार ८२० रुपैयाँमा कारोबार भएको हो ।