logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • गरिबहरुको मात्रै उपचार गर्ने गरी छुट्टै अस्पताल खोल्नुपर्छ : सांसद दाहाल

    गरिबहरुको मात्रै उपचार गर्ने गरी छुट्टै अस्पताल खोल्नुपर्छ : सांसद दाहाल

    1.2K
    Shares
    गरिबहरुको मात्रै उपचार गर्ने गरी छुट्टै अस्पताल खोल्नुपर्छ : सांसद दाहाल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गरिबहरुको मात्रै उपचार गर्ने गरी छुट्टै अस्पताल खोल्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गरिब नागरिकको अस्पतालमा पहुँच नरहेको बताउँदै उनले यस्तो बताएका हुन् ।

    सरकारी अस्पतालमा समेत पहुँचवालाकै पहुँच रहेको उनले बताए ।

    उनले भने, ‘विपन्न नागरिकहरुलाई गरिबी परिचयपत्र वितरण गर्ने र उनीहरुका लागि निशुल्क उपचार गर्नका लागि विपन्न नागरिक अस्पताल खोल्ने र विपन्न नागरिकलाई मात्रै त्यो अस्पतालमा उपचार गर्ने व्यवथाका गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

    उनले गरिबीको रेखामुनि रहेका नागरिकलाई परिचयपत्र दिनुपर्ने र सोही परिचयपत्रको आधारमा निःशुल्क उपचार हुनुपर्ने बताए ।

    उनले भने, ‘पछिल्लो समय नेपालमा क्यान्सर लगायतका गम्भीर प्रकारको रोगहरु आम नागरिकमा व्याप्त देखिन्छ । सरकारी अस्पताल सम्पन्न र पहुँचवालाको भएको छ । विपन्नले बेड पाउँदैन । आयसियु भेन्टीलेटर पाउँदैन । विपन्न नागरिकलाई गरिबी परिचयपत्र वितरण गरी गरिबीको रेखामुनी रहेका नागरिकलाई परिचयपत्र । परिचयपत्रका आधारमा विपन्न नागरिकले निःशुल्क र गुणस्तरीय सेवा प्राप्त गर्ने उद्देश्यले विपन्न नागरिक अस्पताल खोल्ने र विपन्न नागरिकलाई मात्र उपचार गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend