logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कांग्रेसलाई सरकारमा जाने हतारो छैन, प्रतिपक्षको भुमिका बलियो बनाएर जान्छौँ : शेखर कोईराला

    कांग्रेसलाई सरकारमा जाने हतारो छैन, प्रतिपक्षको भुमिका बलियो बनाएर जान्छौँ : शेखर कोईराला

    812
    Shares
    कांग्रेसलाई सरकारमा जाने हतारो छैन, प्रतिपक्षको भुमिका बलियो बनाएर जान्छौँ : शेखर कोईराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भुमिकालाई बलियो बनाएर जाने बताए । उनले सरकारका लागि आफैँ प्रस्ताव आए जाने तर कोशिस गरेर मरिहत्ते नगर्ने जिकिर गरे । उनले क्रिमिनलाइजेशन इन पोलिटिक्स गम्भीर बनेको बताए । उनले सहकारी मात्रै नभइ अन्य धेरै ठाउँहरुमा अख्तियार,निर्वाचन आयोग, सिआईबी लगायतले दुःख दिइरहेको बताए । उनले दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान नसकिने बताए । उनले सुशासनका कुरा, पारदर्शिताका कुरा, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान नसकेसम्म देश बन्न नसक्ने बताए ।

    उनले भने, ‘अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको छ । बैंकको तरलता जस्तो होइन, देशकै अवस्था तरलता छ । आठ वटा सरकार देखिरहनुभएको छ । सात वटा प्रदेशमा एउटा केन्द्रमा । आठ वटा सरकार छ, आठ वटा सरकार डेढ वर्षमा २३ पटक परिवर्तन भएछ । हामीले कस्तो संविधान बनाएछौँ, हामीहरुको कमी, कमजोरी हो की होइन ? राजनीतिक दलहरुले यो कुरालाई अत्यन्त गम्भीर रुपमा लिएर जानुपर्छ । यो अत्यन्त गम्भीर विषय हो । राजनीतिक स्थिरता वा सरकारको स्थिरता बिना जतिसुकै कुरा गरेर पनि आर्थिक स्थिरता र विकास हुन सक्दैन ।

    राजनीतिक स्थिरता र सरकारको स्थिरता बिना सुशासन पनि हुन सक्दैन । यो यसरी एक दोस्रोसँग गाँसिएको छ, जबसम्म हामीले राजनीतिक र सरकारको स्थिरताका विषयलाई टुंगो लगाउन सक्दैनाैँ, देश यस्तै घच्घचमा चलिरहेको हुन्छ । हामी विपक्षमा छाैँ, हामीले विपक्षको भुमिका खेल्ने हो, सरकारमा जाने हामीलाई कुनै हतारो छैन । आउने भए त्यसै आउँछ, होइन भने कोशिस गरेर मरिहत्ते गरेर जसरी जान खोजिरहेका छौँ, अन्य दलहरु हामी छैनौँ ।’

    ‘आदरणीय साथीहरु अहिले गम्भीर विषय के भएको छ, क्रिमिनलाइजेशन इन पोलिटिक्स । अत्यन्त गम्भीर भएर गइरहेको छ । तपाईंहरुले देखिरहनुभएको छ, सहकारी मात्रै होइन, अनि धेरै ठाउँहरुमा अनावश्यक हिसावले अख्तियारले, अनावश्यक हिसावले निर्वाचन आयोगले, सिआईबीले दुःख दिइरहेको छ । यो दुर्भाग्य हो, किन भइरहेको छ, यो कुरा राजनीतिक दलहरुको बीचमा छलफल हुन अत्यन्त जरुरी छ । केको लागि गरिरहेको छ ।

    दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान सक्दैन । राजनीतिज्ञ, ब्युरोकेट्स र व्यपारी, व्यवसायीहरु एक ठाउँमा उभिसकेपछि त्यो अत्यन्त गाह्रो हुन्छ । जबसम्म हामीले सुशासनका कुरा, पारदर्शिताका कुरा, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान सक्दैनौँ, तबसम्म यो देश अघि बढ्न सक्दैन । यो देशमा आर्थिक विकास हुन सक्दैन’ उनले भने ।

    उनले अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको बताए उनले आठ वटा सरकार डेढ वर्षमा २३ पटक परिवर्तन भएको भन्दै संविधानका बारेमा सबै राजनीतिक दलहरुले एक पटक गहन रुपमा छलफल गर्न आवश्यक रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend