logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारको सय दिनप्रति एमालेको टिप्पणी : नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन

    सरकारको सय दिनप्रति एमालेको टिप्पणी : नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन

    567
    Shares
    सरकारको सय दिनप्रति एमालेको टिप्पणी : नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले आफ्नो काममा गति बढाउनुपर्ने बताएका छन् । उनले नागरिकको अपेक्षा सम्बोधन हुनेगरी सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताएका हुन् ।

    बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको सय दिनको कसरी मुल्यांकन गर्नु भएको छ ? भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै प्रमुख सचेतक बर्तौलाले सरकारको सय दिनमा नकारात्मक टिप्पणी गर्ने ठाउँ नभएको बताए । नागरिकमा विद्यमान समस्या समाधान गर्ने सामथ्र्यका साथ सरकारले काम गर्नुपर्ने उनको भनाई थियो ।

    प्रमुख सचेतक बर्तौलाले सरकारप्रति नागरिकको ठूलो अपेक्षा भएकाले पनि त्यसलाई सम्बोधन हुने गरी काम गर्नुपर्ने बताए । सरकारले नागरिकको विश्वास जित्न सफल भएको दाबी गर्दै उहाँले सिमित स्रोत, साधनको बीचमा पनि सरकारले अधिकतम डेलिभरी दिन सकेको पनि बताए ।

    प्रमुख सचेतक बर्तौलाले भने, ‘सय दिनमा सरकारले नराम्रो गरेन । सय दिनको अंक दिँदाखेरी अनुत्तिर्ण भएको अवस्था छैन । डिस्टिंग्शन दिइहाल्नुपर्ने अवस्था पनि रहेन । त्यो पथमा सरकार पुगेको छ । नागरिकको विश्वास जितेको छ । अर्थतन्त्रलाई बिग्रदो गतिबाट ट्रयाकमा ल्याउने ठाउँमा पुर्याएको छ । शान्ति सुरक्षालाई कायम पथमा सरकार अघि बढिरहेको छ । सरकारको तर्फबाट जेस्रोत, साधन छ, यसको सिमितताको बीचबाट पनि अधिकतम डेलिभरीहरु गर्न खोजेको देखिन्छ । तर अब सरकारले आफ्नो गति बढाउनु पर्छ । अब गेयर बदल्नुपर्छ ।

    न्युट्रलमा थियो, अब १/२ हुँदै अगाडि बढाउनुपर्छ । अहिलेको गतिले अब पुग्दैन । नागरिकमा ठूलो अपेक्षा छ । युवाहरुको ठूलो संख्या बेरोजगार छन् । कृषिमा समस्याहरु छन् । यी देखिएका समस्या समाधान गर्ने सामथ्र्यका साथ सरकारले काम गर्नुपर्छ । अहिलेसम्मको सय दिनको मूल्यांकन गर्दाखेरी नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन ।’

    प्रमुख सचेतक बर्तौलाले सरकारले आफ्नो सय दिनमा मुलुकको बिग्र्र्र्र्र्र्रँदो अर्थतन्त्रलाई ट्रयाकमा ल्याएको र नागरिकको विश्वास जित्न सफल भएको जिकिर पनि गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend