शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

नेपाललाई बिकासको युगमा लैजान एमाले र त्यसका अध्यक्ष ओली मात्र सक्षम छन्: पोखरेल

नेपाललाई बिकासको युगमा लैजान एमाले र त्यसका अध्यक्ष ओली मात्र सक्षम छन्: पोखरेल

काठमाडौँ – नेकपा एमाले निकट प्रवासी नेपाली मंच अन्तराष्ट्रीय कमिटीका उपसचिव चानक पोखरेलले नेपाललाई बिकासको युगमा लैजान र देशलाई सम्बृद्ध बनाउने भिजन नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीसंग मात्र भएको बताएका छन् ।

उपसचिव पोखरेलले नेपाललाई सबल र सक्षम बनाउने भिजन एमाले र अध्यक्ष ओलीसंग भएको भन्दै देशमा ओली नेतृत्वको सरकार बन्नुपर्ने बताए।

नेपाली जनतालाई देशमा बिकासको लहर हेर्ने चाहना रहेको बताउँदै उनले त्यो चाहना पुरा गर्ने सामर्थ्य ओलीसंग रहेको भन्दै नेपाली जनताले अब सोच्नुपर्ने बेला आएको बताए ।

प्रवासमा रहेका नेपालीहरुमा समेत एकपटक ओली नेतृत्वको सरकारले पाँच बर्षे कार्यकाल पुरा गरेर हेर्न चाहेको धारणा राखे। प्रवासमा बसेर पसिना बगाएर आफ्ना परिवारको हेरचाह गर्दै देशको चिन्ता गर्ने नेपालीको संख्या प्रवासमा ठुलो छ उनले भने।

आगामी निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिएर देशको भाग्य, भविष्य तथा नेपाली जनताका भावी सन्ततीको भबिष्य बदल्न आवश्यक रहेको हुँदा समृद्ध नेपाल सुखी नेपालीको चाहना पुरा गर्न पनि एमाले नेतृत्वको सरकार बन्नु आवश्यक रहेको उनले बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend