
काठमाडौं। पत्रकार हु भन्दै चोरी कार्यमा संलग्न दुईजनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
एपीवान टेलिभिजनबाट जारी भएको प्रेस कार्ड देखाएर पत्रकार भएको बताउंदै चोरी कार्यमा संलग्न ति ब्याक्तिलेएपीवान टेलिभिजनबाट अर्कै व्यक्तिको नाममा जारी भएको प्रेस पास आफ्नै भनेर पत्रकार भनी देखाएपछि सोधपुछ गर्दा चोरीको रहस्य खुलेको हो ।
प्रहरीले उनीहरूको साथमा चोरी भएका ल्यापटप, क्यामेरा ५३ हजार रुपैयाँ नगद, तीन सय अमेरिकन डलर र दुई सय युआनसहित धारिलो हतियार पनि बरामद गरेको छ महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताउनु भयो। ।
पक्राउ पर्नेमा सुनसरी घर भई काठमाडौं धुम्बाराही बस्ने २१ वर्षीय आश्रय रिजाल हिमाल भनिने हिमाल रसाइली र बारा घर भई हाल ओमबहाल काठमाडौं बस्ने २८ वर्षीय अली आलम मिया छन्। दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend