logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अफगानिस्तानमा १९ प्रतिशत बालबालिका बालश्रममा संलग्न

    अफगानिस्तानमा १९ प्रतिशत बालबालिका बालश्रममा संलग्न

    511
    Shares
    अफगानिस्तानमा १९ प्रतिशत बालबालिका बालश्रममा संलग्न

    एजेन्सी । अफगानिस्तानमा १९ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) को अफगानिस्तान कार्यालयले जनाएको छ । श्रम तथा सामाजिक मामिला मन्त्रालयले बालश्रम रोक्न र उनीहरूको परिवारलाई सहयोग गर्न प्रयास गरिरहेको बताएको छ ।

    मन्त्रालयले अनाथ बालबालिकाका लागि तालिम केन्द्रहरू सक्रिय गरेको र बालबालिकालाई अन्य सहयोगका साथसाथै व्यावसायिक तालिम पनि उपलब्ध गराएको छ जनाएको छ । फोलाद अफगानिस्तानको राजधानी काबुलको देहसाब्ज जिल्लामा रहेको इँटा कारखानामा काम गर्ने अफगानी बालक हुन् ।

    उनले आफूलाई विद्यालय जान मन लागेको तर सक्ने अवस्था नरहेको बताए । गरिवीका कारण परिवार ऋणमा रहेको र पढाइलाइर्ए निरन्तरता दिन नसकेको बताए ।

    अफगानिस्तानमा चार दशकको युद्ध र चरम गरिबीले धेरै बालबालिकाहरूलाई बाल श्रमको रूपमा काम गर्न वा सडकमा कार धुनेदेखि जुत्ता पुस्नेसम्मको लागि संघर्ष गर्न बाध्य बनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend