बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

शेयर बजारमा गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार

शेयर बजारमा गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार

काठमाडौँ । आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३२ अकंले घटेर २११२.२९ बिन्दुमा बन्द भएको छ ।

आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको मूल्य घटेको छ ।

बिहिबाखर ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २० करोड ५७ लाख रुपैयाँ र समृद्धि फाइनान्सको १७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ११ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको १.३१ प्रतिशत र फाइनान्स समूहको २.०३ प्रतिशतले शेयर मूल्य बढेको हो । अन्य उपसूचक भने राताम्य भएका हुन् ।

आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज समृद्धि फाइनान्स, कुथेली बुखरी स्मल हाइड्रोपावर र साधना लघुवित्तसहित ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज डिम सोलु हाइड्रोपावर कम्पनीका १० प्रतिशतका दरले गुमाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend