सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

चलचित्र बाटोः ‘रोड टु डेथ’ को प्रिमियर शो सम्पन्न, शुक्रबारबाट देशभर प्रदर्शनमा

चलचित्र बाटोः ‘रोड टु डेथ’ को प्रिमियर शो सम्पन्न, शुक्रबारबाट देशभर प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र बाटोः ‘रोड टु डेथ’को प्रिमियर शो सम्पन्न भएको छ । ललितपुरमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो ।

प्रिमियर शोमा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रिमियर शोका क्रममा बोल्दै अभिनेता दिव्य देवले चलचित्र एकदमै राम्रो लागेको बताए । हेरिरहेको कथावस्तु भन्दा फरक रहेको बताए । उनले दक्षिण भारतीय सिनेमा मन पराउने दर्शकका लागि चलचित्र धेरै राम्रो रहेको बताए । यस्तै चलचित्रहरु अझै बन्नुपर्ने बताए ।

चलचत्रि शुक्रबार (भोलि) बाट देशभर प्रदर्शनमा आउँदैछ । नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यो चलचित्रका लेखक, सम्पादक तथा निर्देशक मदन थापा हुन् ।

चलचित्रमा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजयआनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend