logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • तारा एयरको ९ महिनामा ६७ करोड व्यापार, लुक्ला सेक्टरबाट ७१ प्रतिशत आम्दानी

    तारा एयरको ९ महिनामा ६७ करोड व्यापार, लुक्ला सेक्टरबाट ७१ प्रतिशत आम्दानी

    784
    Shares
    तारा एयरको ९ महिनामा ६७ करोड व्यापार, लुक्ला सेक्टरबाट ७१ प्रतिशत आम्दानी

    काठमाडौं । थमसेर्कु समूहअन्र्तगतको तारा एयर प्रालिको आम्दानी मध्यम स्तरको छ । यो वर्षको ९ महिनामा तारा एयरले ६७ करोड २० लाख रुपैयाँ व्यापार गरेको छ । २०२३ मा तारा एयरले १ अर्ब १ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    यस्तै २०२२ मा ९५ करोड र २०२१ मा ४७ करोड रुपैयाँको व्यापार गरेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । ९ महिनामा कूल आम्दानीको ७१ प्रतिशत हिस्सा लुक्ला सेक्टरबाट मात्रै प्राप्त गरेको छ । ९ महिनामा ताराको सञ्चालन मार्जिन २८ प्रतिशत बढेको छ ।

    नेपालमा विदेशी पर्यटकको आगमनमा क्रमशः सुधार भएसँगै कम्पनीको मार्जिन विदेशी पर्यटकहरूबाट २९ बाट सुधार आई ६१ प्रतिशत पुगेको छ । महामारी कालमा ताराले ठूलो घाटा व्योहरेको थियो । ताराको नेटवर्थ अझै पनि ३ करोड ४० लाख रुपैयाँ ऋणात्मक छ । तारा एयरसँग अहिले ३ वटा टिवनअटर एयरक्राफ्टहरु छन् ।

    मुख्य रूपमा महामारीका वर्षहरू २०२० र २०२१ मा निरन्तर रूपमा भएको ठूला नोक्सानका कारणले गर्दा तारा एयरको नेटवर्थ ऋणात्मक भएको हो । कम्पनीको ऋण स्तर धेरै हदसम्म स्थिर रहेको छ । कोरोना महामारीका वर्षहरूमा ताराले ऋणको पुनर्तालिका र पुनर्संरचनामा छुटहरूद्वारा सहायता प्राप्त गरेको थियो ।

    कम्पनीले गत डिसेम्बरमा ६५ करोड ५० लाख रुपैयाँमा विमान लिजमा खरिद गरेको छ । ताराको ऋण ७८ करोड ७८ र ६६ लाख ८० हजार डलर रहेको छ ।

    यति एयरलाइन्सको सहायक कम्पनी तारा एयरलाई दुर्गम क्षेत्रमा उडान गर्न सन् २००८ मा स्थापना गरिएको हो । एयरलाइन्सको स्थापना लाक्पा सोनाम शेर्पा र स्वर्गिय आङछिरिङ शेर्पाले गरेका हुन् । लाक्पा सोनाम अहिले तारा एयरका अध्यक्ष तथा चन्दा शेर्पा प्रवन्ध सञ्चालक छिन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend