logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • अमेरिकाले इजिप्टको विकासका लागि १३ कराेड डलर उपलब्ध गराउने

    अमेरिकाले इजिप्टको विकासका लागि १३ कराेड डलर उपलब्ध गराउने

    468
    Shares
    अमेरिकाले इजिप्टको विकासका लागि १३ कराेड डलर उपलब्ध गराउने

    एजेन्सी । संयुक्त राज्य अमेरिका र इजिप्टले आठ कोष सम्झौतामा हस्ताक्षर गरेका छन् । जस अन्तर्गत अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडी) ले इजिप्टको विकासमा सहयोग गर्न इजिप्टलाई १३ कराेड अमेरिकी डलरको अनुदान उपलब्ध गराउनेछ ।

    इजिप्टको राजधानी कायरोमा इजिप्टका अन्तर्राष्ट्रिय सहयोगमन्त्री रानिया अल–मशात र इजिप्टका लागि अमेरिकी राजदुत हेरो मुस्तफा गर्गले सम्झौतापत्रमा हस्ताक्षर गरे । मशातले विकास अनुदानहरू समावेशी आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, कृषि व्यवसाय विकास, जलवायु कार्य, र पानी व्यवस्थापन समाधानलगायत धेरै प्राथमिकताका क्षेत्रहरूमा निर्देशित गरिने बताए ।

    इजिप्टमा रहेको अमेरिकी दुतावासले सबै इजिप्टवासीहरूका लागि आर्थिक अवसर सिर्जना गर्न र अवस्था सुधार गर्न अमेरिकी सरकारको लामो समयदेखिको प्रतिवद्धता पुष्टि गरे ।

    विगत केही वर्षहरूमा, इजिप्ट आयातका लागि आवश्यक विदेशी मुद्राको अभावबाट पीडित भएको छ । जसले स्थानीय मुद्राको अवमूल्यन र समानान्तर बजारको वृद्धिको कारणले गर्दा उच्च मुद्रास्फीति र सबैभन्दा धेरै जनसंख्या भएको अरब देशमा मूल्य महंगिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend