बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

मनसुनजन्य जोखिम न्युनिकरणका लागि युद्धस्तरमा तयारी गर्न सांसद केसीको माग

मनसुनजन्य जोखिम न्युनिकरणका लागि युद्धस्तरमा तयारी गर्न सांसद केसीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्युनिकरणका लागि युद्धस्तरमा तयारी गर्न माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद केसीले सरकारसँग यस्तो माग गरेका हुन् ।

उनले विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औं स्थानमा रहेको बताए । उनले भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी,पहिरो,चट्याङले ठूलो क्षति पर्याएको र आगालागीबाट प्रत्येक वर्ष दुई अर्ब भन्दा नोक्शानी र सयौं नेपाली ज्यान गुमाउनुपरेको बताए । उनले विपद्जोखिम न्युनिकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र ४ लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको बताए । उनले पहिला भएका घटनाको अहिलेसम्म पुनःस्थापनाका लागि काम गर्न नसकेको बताए ।

उनले भने,‘विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औं स्थानमा छ । भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी,पहिरो,चट्याङले ठूलो क्षति पर्याएको छ । आगालागीबाट प्रत्येक वर्ष दुई अर्ब भन्दा नोक्सनी र सयौं नेपाली ज्यान गुमाउनुपरेको छ । विपद्जोखिम न्युनिकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र ४ लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको छ ।

४ सय बस्ती उच्च जोखिममा छ । पहिला भएका घटनाको अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन भने सरकार युद्ध स्तरमा आउनुपर्ने हो त्यसरी आउन सकेको छैन । कर्णप्रिय नारा र निर्देशनमा अल्मलिएको छ । सरकारले विपत जोखिम न्युनिकरणका लागि युद्धस्तरमा तयारी गरोस् ।’

उनले सरकार विपद् जोखिमको लागि काम गर्ने भन्दा पनि कर्णप्रिय नारा र निर्देशनमा अल्मलिएको आरोप लगाए । उनले सरकारले विपद् जोखिम न्युनिकरणका लागि युद्धस्तरमा तयारी गर्न आवश्यक रहेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend