logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • बाँकेमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

    बाँकेमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

    897
    Shares
    बाँकेमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

    नेपालगञ्ज । बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन् । आगजनीबाट भे१ख ३०१९ नम्बरको टिपरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

    उनका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको भे १०प १४१३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा भएको सो दुर्घटनामा दुघराप्तीसोनारी–८ निवासी ३६ वर्षीय लोकेन्द्रबहादुर विष्टको मृत्यु भएको थियो ।

    पीडितले अहिलेसम्म घटनास्थलबाट शव नउठाएर पूर्वपश्चिम राजमार्गको कोहलपुर सडकखण्ड अवरुद्ध गरेका छन् । प्रहरीले राजमार्ग सञ्चालन नभए पनि हुलाकी राजमार्गबाट सवारी आवागमन भइरहेको जनाएको छ ।

    पीडितसँग इलाका प्रहरी कार्यालय कोहलपुरमा छलफल भइरहेको छ । प्रहरीले सवारीसाधन चालकको पहिचान भएको र उनलाई सम्पर्कमा ल्याउने कोसिस भएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend