logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • फ्लोर क्रस गर्ने फणीन्द्र देवकोटा पदमुक्त

    फ्लोर क्रस गर्ने फणीन्द्र देवकोटा पदमुक्त

    2.2K
    Shares
    फ्लोर क्रस गर्ने फणीन्द्र देवकोटा पदमुक्त

    काठमाडौँ । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका नेसपाका नेता तथा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई कारबाही गरिएको छ ।

    माओवादी संसदीय दलमा रहेको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटालाई नेकपा (माओवादी केन्द्र) को सिफारिसमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले कारबाही गरिएको जानकारी गराएका छन् ।

    कारबाही गरेको पत्र सभामुख कृष्णप्रसाद धितालले आज शुक्रबार प्रदेश सभाबाट पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका हुन् ।

    मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् ।

    उनले जेठ २८ मा माओवादीको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि माओवादीले उनलाई स्पष्टीकरण सोधेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend