
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सिंहदरबार अब सबैका लागि खुला भएको बताएका छन् । उनले सिंहदरबार प्रवेशका लागि पहुँचवाला हुनु नपर्ने बताउँदै आम नागरिकका लागि खुला भएको बताएका हुन् ।
मन्त्रालय सम्हालेको सय दिनमा आफ्ना कार्यबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले आफ्नो मान्छे सिंहदरबारमा भए मात्रै प्रवेश पाउने पाउने अवस्था अब अन्त्य भएको बताए ।
गृहमन्त्री लामिछानेले भने,‘ सिंहदरवार छिर्न अब कसैलाई चिन्नु पर्दैन। चिनेका आधारमा पास पाएर मात्रै आफ्नो काम गराउन पाउने, आफ्नो मान्छे भित्र भएर मात्रै फोन गरिदिएर भित्र छिर्ने पाउने अवस्थालाई अन्त्य गर्ने प्रयास हो ।’
पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार प्रवेश गर्न इच्छुकका लागि मन्त्रालयले नयाँ प्रणालीको विकास गरेको छ । नयाँ प्रणाली परीक्षणका क्रममा रहेकाले केही समय भने दुख पहिलेकै जस्तै अवस्था झेल्नुपर्ने हुनसक्ने गृहमन्त्री लामिछानेले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend