logo

२०८१ असार ६ बिहिबार

logo
  • बिहिबार, ६ असार २०८१
  • गाँजा खुलाउन एक महिनाभित्र कानूनी प्रवन्ध गर्छौं : उपप्रधानमन्त्री लामिछाने

    गाँजा खुलाउन एक महिनाभित्र कानूनी प्रवन्ध गर्छौं : उपप्रधानमन्त्री लामिछाने

    728
    Shares
    गाँजा खुलाउन एक महिनाभित्र कानूनी प्रवन्ध गर्छौं : उपप्रधानमन्त्री लामिछाने

    काठमाडौं । अनुसन्धानका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानूनी प्रवन्ध गर्ने बताएका छन् । आफ्नो मन्त्रालयले सय दिनमा गरेको कामबारे जानकारी दिन शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । आगामी आर्थिक वर्षको बजेटमा औषधी प्रयोजनका लागि कानूनी व्यवस्था गरेर गाँजा खुलाउने उल्लेख भए अनुसार सरकारले प्रक्रिया अघि बढाउन लागेको हो ।

    औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि नीति बनाउनु पर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले त्यसका लागि एक महिना भित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्ने बताए । त्यसैगरी उनले कानूनी प्रवन्ध हुनसाथ निश्चित क्षेत्रमा त्यसको अनुसन्धानको काम पनि शुरु गर्ने बताए ।

    उपप्रधानमन्त्री लामिछानेले भने, ‘विपद व्यवस्थापनका लागि कमान सेन्टर स्थापना गरिएको छ । त्यसैगरी यो औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि हामीले बनाउनुपर्ने नीति बनाउनुपर्ने हुन्छ । त्यसका लागि एक महिनाको समय भनेर हामी भनिसकेका छौं ।

    गृह मन्त्रालयले एक महिना भित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्नेछ । निर्देशिका तयार गर्नेछ । त्यो निर्देशिकाले अब अनुसन्धान गर्नका निमित्त गाँजाको औषधिजन्य प्रयोगका लागि अनुसन्धान गर्नको निमित्त निश्चित क्षेत्रमाचाहे त्यो ल्याव खडा गर्नका निमित्त, चाहे अरु प्रयोजनका लागि होस् । निश्चित यरिया भित्र सुरुवात गर्ने छ । त्यो एक महिना भित्र हामी सम्पन्न गर्नेछौं । ’

    उपप्रधानमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि पनि देशभर आवश्यकअनुसार कमान सेन्टर स्थापना गरी काम शुरु गरिएको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend