logo

२०८१ असार ६ बिहिबार

logo
  • बिहिबार, ६ असार २०८१
  • वृहत्तर जनकपुर क्षेत्रको करिव ९ हजार विगाह जमिन अतिक्रमणबारे ‘बिग अपरेशन’ गर्दैछौ : उपप्रधानमन्त्री लामिछाने

    वृहत्तर जनकपुर क्षेत्रको करिव ९ हजार विगाह जमिन अतिक्रमणबारे ‘बिग अपरेशन’ गर्दैछौ : उपप्रधानमन्त्री लामिछाने

    520
    Shares
    वृहत्तर जनकपुर क्षेत्रको करिव ९ हजार विगाह जमिन अतिक्रमणबारे ‘बिग अपरेशन’ गर्दैछौ : उपप्रधानमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान शुरु गरिएको बताएका छन् । शुक्रबार सिंहदरबारमा आफ्नो सय दिनको कामको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    सो क्षेत्रको करिव नौ हजार विगाहा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले विग अपरेशन गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाई थियो । उनले सो विषयमा सञ्चार माध्यामलाई आफूले चाँडै विस्तृत जानकारी गराउने पनि बताए । उपप्रधानमन्त्री लामिछानेले आफूले सय दिनमा गृह मन्त्रालयको घोषित उद्देश्य अनुसार काम हुनेगरी आधार तयार पारेको पनि बताए ।

    उनले भने, ‘वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषय आएको छ । तपाईहरुले चाँडै थाहा पाउनु हुन्छ । आज नै यसलाई सार्वजनिक गरिदिँदा पनि केही फरक पर्दैन । यो चाँही लगभग नौं हजार विगाहा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले विग अपरेशन गर्दैछ । यो जानकारी पनि तपाईहरुलाई जानकारी गराउँछु । हामी काम गर्दैछौं, हुँदैछ । कुनै एउटा त्यस्तो केस छैन, जसलाई हामीले गर्नु नपरोस् । ’

    उपप्रधानमन्त्री लामिछानेले सरकारले जुनसुकै केशलाई पनि अनुसन्धान गर्ने र त्यसलाई कारबाहीको दायरामा ल्याउने समेत दोहोर्याए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend