logo

२०८१ असार ६ बिहिबार

logo
  • बिहिबार, ६ असार २०८१
  • बारामा अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुख कुशवाहा गम्भीर घाइते

    बारामा अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुख कुशवाहा गम्भीर घाइते

    1.3K
    Shares
    बारामा अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुख कुशवाहा गम्भीर घाइते

    काठमाडौँ । बाराको आदर्श कोतवाल नगरपालिका–३ मा अज्ञात समूहले गोली प्रहार गर्दा क्याम्पस प्रमुख हरिभूषण कुशवाहा गम्भीर घाइते भएका छन् ।

    आज शुक्रबार अज्ञात समूहको गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख टोलका हरिभूषण कुशवाहा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौँपानेले सुनौलो नेपाललाई बताए ।

    उनले भने, “गोली प्रहारबाट क्याम्पस प्रमुख कुशवाहा गम्भीर घाइते भएका छन्, उनको अहिले उपचार भइरहेको छ, गोली प्रहार गर्नेको खोजी कार्य जारी छ ।”

    क्याम्पस प्रमुख कुशवाहा आदर्श कोतवाल–२ खजुरिया टोलका रहेका प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend