logo

२०८१ असार ६ बिहिबार

logo
  • बिहिबार, ६ असार २०८१
  • वाग्मती प्रदेशसभा बैठकः प्रदेश आर्थिक सर्वेक्षण पेस

    वाग्मती प्रदेशसभा बैठकः प्रदेश आर्थिक सर्वेक्षण पेस

    546
    Shares
    वाग्मती प्रदेशसभा बैठकः प्रदेश आर्थिक सर्वेक्षण पेस

    मकवानपुर । वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले वाग्मती प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८०/ ८१ पेस गरेका छन् ।

    आर्थिक सर्वेक्षण पेश गर्दै उनले वाग्मती प्रदेशको राजस्व संकलन, कृषि उत्पादन, पर्यटन क्षेत्रको विकास, शैक्षिक कार्यक्रमअन्तर्गत प्रदेशमा साक्षरता प्रतिशत वृद्धि भएको बताए ।

    यातायात क्षेत्रमा सडक, पुल निर्माण, विद्युत् विस्तार, औद्योगिक उत्पादनहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराई विदेशी मुद्रा आर्जन गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिए । सोही बैठकमा श्रीराम लामिछाने, छिरिङ दोर्जे लामा, भारतीकुमारी पाठक, आनन्दकुमार श्रेष्ठलाई संसद् कार्य परामर्श व्यवस्थाको समितिमा मनोनयन गरिएको र उक्त बैठकले सो नामावलीलाई स्वीकृत प्रदान गरेको थियो ।

    बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, अर्थ, विकास समितिका सभापति नुरज बज्राचार्य, सार्वजनिक समितिका सभापति श्रीराम लामिछाने, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले छुट्टाछुट्टै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौँडा अस्पताललाई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न मन्त्रिपरिषद्बाट गरेको निर्णयबारे स्पष्ट पार्न विशेष समय लिई बोलेका थिए ।

    प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा अस्पतालकोे स्वायत्ततालाई कुनै आँच नपुग्ने गरी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आन्तरिक व्यवस्थापनका लागि जिम्मा दिइएको स्पष्ट पारे ।

    हेटौँडा अस्पताल संघीय सरकारको निर्देशनबमोजिम प्रदेश सरकारको मातहतमा रहने गरी प्रादेशिक अस्पतालका रुपमा स्तान्तरण गरिएको उनले बताए । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक भोलि अपराह्न ४ बजे बस्ने गरी स्थगित गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend