logo

२०८१ असार ६ बिहिबार

logo
  • बिहिबार, ६ असार २०८१
  • विकास र राजनीतिलाई सँगै लैजानुपर्छ : एमाले उपाध्यक्ष पौडेल

    विकास र राजनीतिलाई सँगै लैजानुपर्छ : एमाले उपाध्यक्ष पौडेल

    637
    Shares
    विकास र राजनीतिलाई सँगै लैजानुपर्छ : एमाले उपाध्यक्ष पौडेल

    लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । उनले नेकपा (एमाले)का सबै नेता तथा कार्यकता विकाससँग जोडिनुपर्ने बताए ।

    नेकपा (एमाले) रुपन्देहीको १०औँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आज बुटवलमा आयोजित शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले जिल्लामा पार्टीलाई एकताबद्ध बनाइ जनतासँग जोडिएर काम गर्न निर्देशन दिए ।

    अधिवेशनले पार्टीको जीवनमा नयाँ जोस सञ्चार गरेको बताउँदै सशक्त पार्टी निर्माण हुने विश्वास व्यक्त गरे । उनले भने, “अब पार्टीमा अन्तरविरोध र अलमल हुनेछैन अब अग्रगति र प्रगति हुने छ ।”

    पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका नेता पौडेलले रुपन्देहीको पार्टी पङ्क्तिलाई प्रभावकारी रुपमा परिचालन गरी हरेक विकास निर्माणमा निगरानी र खबरदारी गर्न आग्रह गरे । उनले नयाँ नेतृत्वमा सम्भावनालाई साकार पार्ने, आन्तरिक एकता बलियो बनाउने, संगठन सुदृढ, गतिशील, अनुशासित बनाउने जिम्मेवारी थपिएको बताए ।

    उनले जनताका सुखदुःखसँग र समस्यासँग जोडिएको राजनीति गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिँदै राजनीतिमा क्रियाशील हुनुपर्ने बताए ।

    उनले नेता र जनप्रतिनिधिबीच तालमेल नहुँदा धेरै कामको उठान नभएकाले पार्टीका तर्फबाट तिनै तहका सरकारमा सहभागी जनप्रतिनिधिबीच तालमेल जरुरी रहेको धारणा राखे ।

    पार्टीकै पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टीको नीति तथा सिद्धान्तलाई जनताको जीविकोपार्जनसँग तारतम्य मिलाएर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।

    पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले नयाँ नेतृत्वले थप कुशलतापूर्वक काम गर्नुपर्ने बताए । यही जेठ २५ गते सम्पन्न जिल्ला अधिवेशनले यज्ञ गैरेको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी चयन गरेको हो ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend