logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • खडेरीले मुहान सुकेपछि गमगढीवासीलाई सास्ति

    खडेरीले मुहान सुकेपछि गमगढीवासीलाई सास्ति

    793
    Shares
    खडेरीले मुहान सुकेपछि गमगढीवासीलाई सास्ति

    सनत हमाल
    मुगु । खडेरीले पानीका मुहान सुकेपछी गमगढी बजारमा खानेपानी वितरणमा लोडसेडिङ गरिएको छ ।

    गमगढी खानेपानी उपभोक्ता समितिले खडेरिका कारण मुहान सुक्न गै पानीको क्षमता घटेको भन्दै साविक झै नियमित पानी दिन नसके पछि पानी वितरणमा लोडसेडिङ गरेको हो । यसै त गमगढीवासीले आवश्यकता अनुसार प्रयाप्त पानी नपाइरहेका बेला यो वर्ष खडेरी परि पानीका मुहानहरु सुक्न थालेपछि झनै काकाकुल भएको हो ।

    गमगढी बजारमा ७ सय बढी घरधुरी छन गमगढी खानेपानीले चार सय घरमा खानेपानी दिएपनी त्यो नियमित छैन । आवश्यक संरचना र पाइप लाइन नहुदा पानी अपुग भएपछी केही उपभोक्तालाइ विहान एक घण्टा र केही उपभोक्तालाई बेलुका एक घण्टा खानेपानी दिदै आएका थियौ तर खडेरीले आइरहेको पानीको मुहान सुकेर पानी कम आउन थालेपछि एक दिन विराएर खानेपानी विहान बेलुका एक घण्टा उपभोक्तालाई लोडसेडिङ मिलाएर वितरण थालिएको गमगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोर्ख बहादुर मल्लले बताए ।

    उनले भने, “गमगढिबासिलाई प्रयाप्त मात्रामा खानेपानी दिन सकिरहेका छैनौ,मुहान बजारबाट १५ किलोमिटर टाढा छ इन्टेक,च्याम्बर पाइपलाइन २०५६ सालको तत्कालिन बजारका ९० घरधुरीलाई लक्षित गरि बनाइएका क्षमताका छन त्यस यता बजारको जनसख्या,घरधुरी बढेर ७०० बढी पुगिसक्यो संरचना,क्षमता पुरानै छन,पानीको मुहान बढाउन, रिजर्भवायर टंकी,पाइपलाइन,इन्टेक,च्याम्बर बनाउन २०७४ यता न नगरपालिका न कर्णाली प्रदेश सरकार नत संघिय सरकार कसैले चासो दिएका छैनन, गमगढिका जनता त जनता नै होइनन जस्तो गरेका छन, हाम्रो आथिक क्षमताले भ्याउदैन पानी महशुलबाट बाफत उठेको पैसा कर्मचारीलाई समेत पुग्दैन ।”

    खानिपानीमा लोडसेडिङ र आवश्यकता अनुसार धारामा पानी नआएपछी अहिले गमगढी बजारमा काकाकुल छ । बजारवासी खानेपानी ल्याउन चैनखोला, हुलुम खोला, नाउला, नाउर र कार्किबाडामा रहेका धारामा जाने गरेका छन । पहिला झ्यारी खोलाबाट ६५ एमएमको पाइपमा फुल पानी आउथ्यो तर अहिले खडेरीले मुहान सुकेपछी हिजोआज ५० एमएम पाइप बराबरको पानी मुल पाइपमा आउने गरेको गमगढी खानेपानी उपभोक्ता समितिका सचिव नेताप्रसाद चौलागाईंले जानकारी दिए ।

    सुख्खा र गर्मी दिनमा पानी पर्याप्त पिउनु पर्ने र सर सफाइमा ध्यान दिनु पर्ने भएपनी बजार वासीलाई जिवनसँग जोडिएको खानेपानीसम्म पाउन सकेका छैनन ।

    खडेरीले गमगढी बजारमा वितरित पानी मात्र सुकेको छैन जिल्लाभरिका पानीका मुहार सुकेका छन । मुहानहरु सुकेर पानीको मात्रा घटेपछि गाउँघरमा समेत खानेपानीको समस्या बढदै गएको श्रीनगर गाउँका स्थानीय मोहनकुमार मल्ल बताउछन् । मुहान सुक्न थालेपछि धारा, पधेरा, नाउलाहरुमा पानी भर्नका मानिसहरुको भिड लाग्ने गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend