logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो : खेलकुदमन्त्री श्रेष्ठ

    सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो : खेलकुदमन्त्री श्रेष्ठ

    1.5K
    Shares
    सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो : खेलकुदमन्त्री श्रेष्ठ

    काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् ।

    शनिवार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार पुरातन र कर्मकाण्डी हिसावमै चलेको र आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए ।

    उनले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको उनको भनाइ थियो । उनले कुनैपनि कुरामा रास्वपामाथि अनावश्यक, अनाधिकृत हिसावले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिरिने चेतावनी दिए । उनले वर्तमान राजनीतिक परिस्थितिमा एक पटक सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भएको बताए ।

    उनले भने, ’सांसद निर्वाचित भइसकेपछि अहिले सरकारमा गएपछि हामीले कअर्को कुरा पनि देखिरहेका छौँ । हामीले एउटा महत्वपूर्ण कुरा के देखिरहेका छौँ भन्दा शासकीय बेथिति सामाजिक बेथिति भन्दा पनि डरलाग्दो कुरा हो भन्नेकुरा हाम्रो साथीहरु सबैले अनुभव गरिरहेका छौँ ।

    किन भन्दा अहिले सरकारको नेतृत्व गरिहेको छौँ, तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसावले उपलब्धी नहुने गरी चलिरहेको छ । हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौँ । केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसावले हामीलाई कुनै किसिमको सम्झौता गर्नुपर्याे भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ ।
    हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ ।

    वर्तमान राजनीतिक परिस्थितिमा एक पटक हामी जिम्मेवार नेताहरु सबै बसेर सल्लाह पनि भएको छ । सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको छ । सत्तारुढ दलहरुमा पनि यसलाई पुनरावलोकन र समीक्षा गर्ने कुरा चल्न थालेको छ ।’

    मन्त्री श्रेष्ठले रास्वपाले आशा र सम्भावना जीवित राखेर काम गरिरहेको बताए । उनले खेलकुद क्षेत्रलाई व्यवस्थित गर्नेकुरामा आफूहरुले काम पूरा गरेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend