logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा हामी सचेत छौँ : उपसभापति वाग्ले

    पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा हामी सचेत छौँ : उपसभापति वाग्ले

    481
    Shares
    पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा हामी सचेत छौँ : उपसभापति वाग्ले

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महशुस गरेको बताएका छन् ।

    शनिवार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरु सचेत रहेको बताए ।

    उनले पार्टीलाई कार्यकर्ता र संगठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको उल्लेख गरे । उनले संगठन नहुँदा समुदायसम्म पुग्न कठिन भएको बताए ।

    उनले भने, ‘पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ । अब कार्यकर्ता नै चाहिँदैन, पिओरली मासबेस पार्टी हो भन्ने एउटा विचारधारा पनि नभएको होइन । यसैले यि दुई एक्स्ट्रिमका बीच हामीले मिडल पार्ट बनाउनु पर्नेछ ।
    संगठन चाहिँदो रहेछ भन्नेकुरा, काठमाडौंमा अलि सजिलो होला ।

    तर अन्य जिल्लाहरुमा त्यो हामीले देखिसक्यौँ । तनहुँमै देख्यौँ, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौँ । संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो । सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरु फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोल टोलमा, वडा वडामा साथीहरु नै भएनन् ।

    मौन अवधिमा विज्ञप्ती निकाल्न नमिल्ने, भिडियो वक्तव्य निकाल्न नमिल्ने, नेताहरुले भाषण गर्न नमिल्ने, त्यो अन्तिम घडीको अफवाहहरु चिर्न कार्यकर्ताहरु नै चाहिन्थ्यो । पातलो चुस्त संरचना हामीले कल्पना गर्नैपर्छ ।’

    उपसभापति वाग्लेले रास्वपा अभियानको रुपमा अब अघि बढ्ने बताए । उनले रास्वपाले सुसंस्कृत राजनीतिको अभियान छेडेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend