logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • रोपाइँको खाना खाँदा डडेल्धुरामा एकै गाउँका २० भन्दा बढी बिरामी

    रोपाइँको खाना खाँदा डडेल्धुरामा एकै गाउँका २० भन्दा बढी बिरामी

    559
    Shares
    रोपाइँको खाना खाँदा डडेल्धुरामा एकै गाउँका २० भन्दा बढी बिरामी

    डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा रोपाइँको खाना खाँदा एकै गाउँका २० जनाभन्दा बढी बिरामी परेका छन् ।

    रोपाइँको खाना खाएकै कारण जिल्लाको परशुराम नगरपालिका–४ कटालका २० जनाभन्दा बढी स्थानीय एकै साथ बिरामी परेका जोगबुडा अस्पतालका सूचना अधिकारी जयबहादुर धामीले जानकारी दिए ।

    उनका अनुसार बिहीबार गाउँमा रोपाइँ गर्न गएका मानिसहरुले खाना खाँदा सबै बिरामी परेका हुन् । रोपाइँमा गएका सबैजसो मानिसलाई झाडापखला र वान्ता हुने समस्या देखा परेको उनले बताए ।

    बिरामी परेका २० मध्य ७ जनालाई थप उपचारका लागि कैलालीको धनगढी रिफर गरिएको सूचना अधिकारी धामीले जानकारी दिए ।

    बाँकीको जोगबुडा अस्पतालमा उपचार जारी छ । उनीहरुलाई फुड पोइजन भएको हुनसक्ने बताइएको छ । ल्याव टेस्ट रिपोर्ट आउन बाँकी छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend