logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९६ करोड

    गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९६ करोड

    609
    Shares
    गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९६ करोड

    गण्डकी । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ ।

    आर्थिक मामिला मन्त्री टकराज गुरुङले चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराए ।

    बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८५ करोडले कम बजेट ल्याए । आर्थिक वर्ष २०८०/०८१ को बजेट ३३ अर्ब ८२ करोड थियो । गण्डकी प्रदेशले पर्यटन, कृषि, खानेपानीमा जोड दिए पनि पूर्वाधारमै ठूलो बजेट छुट्याएको छ ।

    व्यावसायिक कृषि र यसको रुपान्तरण गर्दै उत्पादन र रोजगारमा जोड दिएका छन् । कृषि कर्जामा जोड दिँदै गाँजा खेतीको कानुनी बाटो खोल्ने गुरुङले बताए । १२ अर्ब ७० करोड रुपैयाँ भौतिक पूर्वाधार क्षेत्रमा बिनियोजन भएको छ ।

    गण्डकीमा खाद्यान्य उत्पादन वृद्धि गर्न १२ करोड रुपैयाँ छुट्याएको गुरुङले बताए । मन्त्री गुरूङले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि २ अर्ब ९ करोड रुपैयाँ विनियोजन गरेको सुनाए । पोखरालाई पर्यटकीय राजधानीको रूपमा केन्द्रमा राखेर ग्रामीण पर्यटन, होमस्टेको विकास र ११ वटै जिल्लामा विशेष कार्यक्रम गर्ने उनले बताए ।

    सामाजिक क्षेत्रका लागि २ अर्ब ९ करोड रुपैयाँ विनियोजन भएको छ । आगामी वर्ष गण्डकी प्रदेश सभाको भवन पनि निर्माण सुरु हुने भएको छ । त्यसका लागि ९ करोड रुपैयाँ विनियोजन भएको छ ।

    आगामी वर्ष उज्यालो प्रदेश घोषणा गर्ने अर्थमन्त्री गुरुङले बताए । कम्तीमा ७० प्रतिशत घरमा खानपानी धारा जडान गर्न ८ करोड रुपैयाँ छुट्याइएको छ । ४ अर्ब रुपैयाँ ऊर्जाको क्षेत्रमा छुट्याएको अर्थमन्त्री गुरुङले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend