logo

२०८१ असार ९ आइतबार

logo
  • आइतबार, ९ असार २०८१
  • मधेश सरकारको बजेट ४३ अर्ब ८९ करोड

    मधेश सरकारको बजेट ४३ अर्ब ८९ करोड

    468
    Shares
    मधेश सरकारको बजेट ४३ अर्ब ८९ करोड

    जनकपुरधाम । मधेश सरकारले अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका मधेश सरकारले लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ ।

    अर्थमन्त्री भरतप्रसाद साहले शनिबार प्रदेशसभामा पेश गरेको बजेटको चालुतर्फ १६ अर्ब र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

    आन्तरिक राजस्वबाट ९ अर्ब ७ करोड ३० लाख, वित्तीय हस्तान्तरणबाट पाउने अनुदान ७ अर्ब ७९ करोड ९२ लाख तथा शसर्त अनुदान ३ अर्ब ५५ करोड ७८ लाख हजार रुपैयाँ हुने अनुमान प्रदेश सरकारको छ ।

    संघीय सरकारको राजस्व बाँडफाँटबाट १३ अर्ब ६० करोड र गत वर्षको नगद मौज्दातबाट ७ अर्ब ८६ करोड २१ लाख ७० हजार र आन्तरिक ऋण २ अर्ब उठाउने प्रदेश सरकारको घोषणा छ ।

    प्रदेश सरकारले सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयलाई १३ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब २१ करोड ६५ लाख ४ हजार, उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयलाई ५ अर्ब १७ करोड, उद्योग पर्यटन मन्त्रालयलाई २ अर्ब ९८ करोड ५२ लाख २८ हजार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई २ अर्ब ९७ करोड १९ लाख, शिक्षा तथा संस्कृति मन्त्रालयलाई २ अर्ब ९० करोड ५१ लाख ७६ हजार रुपैयाँ विनियोजन मन्त्री साहाले बताए ।

    उनका अनुसार वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब ४२ करोड ४६ लाख २५ हजार, खेलकुद तथा समाज कल्याण मन्त्रालयलाई १ अर्ब ९५ करोड ८३ लाख ५० हजार, श्रम तथा यातायात मन्त्रालयलाई ९९ करोड ९७ लाख ४८ हजार र सबभन्दा कम गृह सञ्चार तथा कानुन मन्त्रालयलाई ७७ करोड ५७ लाख ४ हजार विनियोजन गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend