logo

२०८१ असार ९ आइतबार

logo
  • आइतबार, ९ असार २०८१
  • मौसम : मनसुनसहित वायुको प्रभाव, वर्षाको सम्भावना कहाँ-कहाँ ?

    मौसम : मनसुनसहित वायुको प्रभाव, वर्षाको सम्भावना कहाँ-कहाँ ?

    5.7K
    Shares

    काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले कोशी र मधेस प्रदेशमा साधरणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बाग्मती प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend