logo

२०८१ असार ९ आइतबार

logo
  • आइतबार, ९ असार २०८१
  • चितवनमा सुनचाँदी पसल लुटपाट

    चितवनमा सुनचाँदी पसल लुटपाट

    2.2K
    Shares
    चितवनमा सुनचाँदी पसल लुटपाट

    काठमाडौँ । चितवनमा सुनचाँदी पसलमा लुटपाट भएको छ । कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजेतिर विनोद सुनारको सुनचाँदी पसलमा लुटपाट भएको हो ।

    प्रहरीका अनुसार करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट भएको छ ।

    दुईजना व्यक्तिले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ ।

    लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन् ।

    प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend