logo

२०८१ असार १० सोमबार

logo
  • सोमबार, १० असार २०८१
  • ९५ करोड बचत रकम अपचलन गर्ने कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापा पक्राउ

    ९५ करोड बचत रकम अपचलन गर्ने कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापा पक्राउ

    689
    Shares
    ९५ करोड बचत रकम अपचलन गर्ने कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापा पक्राउ

    काठमाडौं । प्रहरीले ललितपुरस्थित कृषि विकास सहकारी संस्था लिमिटेडका तेजविक्रम थापालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

    अध्यक्ष तेजविक्रम थापासहितको समूहले सहकारीको करोडौं रकम अपचलन गरेको उजुरीपछि उनलाई पक्राउ गरेको हो ।

    सहकारीको २ अर्ब ८० करोड रुपैयाँ निक्षेप रहेको छ । त्यसमध्ये ९५ करोड रुपैयाँ अपचलन गरेको उजुरी परेपछि थापासहित सञ्चालक समितिका चारजना पक्राउ परेका छन् । ५ सय ६६ जना पिडितले प्रहरीमा उजुरी दिएका छन् ।

    भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मान्त्रालयले गत माघ २८ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend