logo

२०८१ असार १० सोमबार

logo
  • सोमबार, १० असार २०८१
  • भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

    भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

    962
    Shares
    भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ ।

    हिजो शनिबार दिउँसो नुहाउने क्रममा भुपेन्द्र केसी र विनोद केसी भेरी नदिमा बेपत्ता भएका थिए । आज आईतबार सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशबहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोर टोलीले उनीहरुको शव निकालेको सशस्त्र प्रहरी बलका सहप्रबक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

    उनका अनुसार नदीमा बेपत्ता भएका दुई जनाको शव ३० फिट गहिराईबाट निकालिएको हो । यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव पनि सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ ।

    सोही ठाउँ बस्ने ९ वर्षिय गणेश बिक शनिबार साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए । उक्त घटनाका बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको टोलीले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको सहप्रबक्ता थापाले बताए ।

    उता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको शव नं. ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ । आइतबार साँझ झरनाबाट व्यक्ति खसेको जानकारी प्राप्त भएपछि खटिएको सुरक्षा टोलीले रातिको १० बजे उनको शव निकालेको सहप्रबक्ता थापाले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend