logo

२०८१ असार १० सोमबार

logo
  • सोमबार, १० असार २०८१
  • बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ : महामन्त्री शर्मा

    बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ : महामन्त्री शर्मा

    637
    Shares
    बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ : महामन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुकै लगानीमा बन्नुपर्ने प्रस्ताव गरेका छन् । स्वदेशमा तथा विदेशमा रहेका नेपालीहरुको लगानीमा सो आयोजना सम्पन्न गर्ने काम सरकारले गर्नुपर्ने उनले बताएका हुन् ।

    आईतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले मेरो सहभागितामा नेपाल बन्दैछ भन्ने कुराको सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरुको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने धारणा पनि राखे ।

    उनले नेपाल बन्नसक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दैछ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेघावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाई गर्न नहुने बताए । उनले वैदेशिक ऋणको पासोमा पर्नबाट जोगिन पनि सरकारले वैदेशिक ऋण लिएर यस्ता ठूला आयोजनाहरु अघि बढ्न नहुने बताए । महामन्त्री शर्माले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दाका ऋण तिर्न नसकिने अवस्था विद्यमान रहेको पनि स्मरण गराए ।

    उनले भने, ‘म आज बुढिगण्डकी परियोजनाको सन्दर्भमा अन्तिममा यति आग्रह गर्न चाहन्छु । यो परियोजना निर्माण गर्ने सन्दर्भमा हामीले कदम चाल्दै गर्दा सत्ता, प्रतिपक्ष हामी सबै एक छौं । सबै आग्रह पूर्वाग्रहभन्दा माथि उठेर स्वदेश र विदेशमा भएका समस्त नेपालीलाई गाँसी राखेर यो परियोजना निर्माण गरेर नेपाल बन्नसक्छ, बन्दै छ । र मेरो सहभागितामा बन्दैछ । नेपाल बन्ने एउटा उज्यालो दिशातिर जाँदैछ भन्ने सन्देश दिनका लागि सरकार सफल बन्नुपर्छ । हामी माझ चर्चामा रहेको परियोजना हो बुढिगण्डकी ।

    अघिल्ला बजेटहरुमा पनि हामी बुढी गण्डकी बनाउने लेख्दै आयौं । बनाउने त बनाउने । तर, कुन पैसाले बनाउने ? एउटा विकल्पको रुपमा हामीले सोच्यौं कि विदेशीको पैसाले बनाउने । केवल विद्युत उत्पादन मात्रै हो भने त विदेशीलाई दिँदा केही फरक पर्दैन । तर यो बहुउद्देश्यीय परियोजना हो । पहिलो त १२ सय मेघावाट विद्युतको कुरा छ । दोस्रो, हजारौं हेक्टरमा सिंचाई, तेस्रो, लाखौंले पीउने पानी । चौंथो, पर्यटन । सहायक प्रोजेक्टको रुपमा माछा पालन । विदेशी कम्पनीलाई नदिने हो भने अर्को विकल्प विदेशबाट ऋण लिने । हामी यसमा सोच्न सक्दछौं सभामुख महोदय ।’

    ‘सहुलियत ऋण भेटिए ठिकै हो । तर कतिपय देशहरु ऋणको पासोमा परिरहेको हामीले देखेका छौं । हामीले ऋणले बनाएका पोखरा र भैरहवाको एयरपोर्टले हामीलाई झस्काएका छन् । अर्को विकल्प उसो भए हामी आफैँ बनाउने । अलि अघिल्लो सरकारले निर्ण गर्यो–यो आयोजना आफ्नै लगानीमा बनाउने । हामी सत्ता, प्रतिपक्ष सबै दल त्यसमा सहमत छौ । अव प्रश्न छ–१८ खर्व बजेटमा ४ खर्व बजेट कसरी हाल्ने ? पूर्व–पश्चिम रेलमार्ग बनाउने योजना बन्यो ।

    माटो भर्ने, कंक्रिट भर्ने, रेलको डब्बा ल्याउने यी सबै कुरा छोडौं । हामीले माटो र बाटोका लागि मआब्जा दिन सकेको अवस्था छैन । दुईटा अन्तर्राष्ट्रिय विमानस्थलहरु हामीले बनायौं । त्यसलाई ऋण तीर्नका लागि पैसा छैन । कूलेखानीबाट भिमफेदीसम्म सुरुङ मार्ग बनाउनका लागि अध्ययन गरियो । बनाउनका लागि पैसा छैन’ उनले भने ।

    महामन्त्री शर्माले सो आयोजना अघि बढाउनका लागि सत्ता पक्ष र प्रतिपक्ष सबै एक भएर अघि बढ्नुपर्ने बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend