logo

२०८१ असार १० सोमबार

logo
  • सोमबार, १० असार २०८१
  • संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेन : प्रमुख सचेतक पाण्डे

    संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेन : प्रमुख सचेतक पाण्डे

    572
    Shares
    संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेन : प्रमुख सचेतक पाण्डे

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन नसकेको बताएका छन् । आईतबार विनियोजन विधेयक, २०८१ को विभिन्न शिर्षकहरुमाथि जारी छलफल अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अर्थ मन्त्रालयमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

    उनले संघीय स्तर कार्यालय समन्वय नगरिरहेको अवाज उठ्न थालेको भन्दै समयमा नै ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले तीन करोड भन्दा मुनिका सबै योजना कार्यान्वयनको लागि प्रदेश र स्थानीय तहलाई जिम्मा दिन आग्रह गरे । उनले कर्मचारीहरुको वृत्ति विकास, तालिम र क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न व्यापक छलफल गरी ठोस नीति र विध तय गर्न आग्रह गरे ।

    उनले भने, ‘संघीयता कार्यान्वनयको लागि समन्वय, सहजीकरण र सहयोग गरौँ । हाम्रो अहिले वास्तवमा संघीयता कार्यान्वयनमा ठिक ढंगले हाम्रो समन्वय भइरहेको छैन । संघीय स्तर कार्यालय समन्वय नगरिरहेको अवाज आइरहेको छ । म यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु । तीन करोड भन्दा मुनिका सबै योजना कार्यान्वयनको लागि जसरी सम्माननीय प्रधानमन्त्रीज्युले भन्नुभएको थियो यहाँ बहस पनि उठेको छ । त्यो भन्दा मुनिका जति पनि योजनाहरु यहाँ कितावमा छन् ।

    ति सबै प्रदेश र स्थानीय तहलाई कार्यान्वयनका लागि दिऔँ । यही नै सबैभन्दा राम्रो उपाय हुन्छ । बरु संघले अनुगमन र मूल्यांकन गरौँ । कर्मचारीहरुको वृत्ति विकास, तालिम र क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न व्यापक छलफल गरी ठोस नीति र विध तय गरौँ । तिनलाई कार्यान्वयनका लागि दृढ बनौँ ।’

    प्रमुख सचेतक पाण्डेले सिंचाई प्रणालीलाई पाइपमार्फत समेत अघि बढाउन र आधुनिक प्रविधि भित्र्याउन आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend