शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

साताको पहिलो दिन शेयर बजार दोहोरो अकंले घट्यो, आज काराेबार कति ?

साताको पहिलो दिन शेयर बजार दोहोरो अकंले घट्यो, आज काराेबार कति ?

काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अकंले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०४ अकंले घटेर २०९५.२५ बिन्दुमा बन्द भएको छ ।

आज ६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.८५ प्रतिशत, विकास बैंक समूहको १.२० प्रतिशत, फाइनान्स समूहको ०.७४ प्रतिशत, हाइड्रोपावर समूहको ०.२३ प्रतिशत र जीवन बीमा कम्पनीको ०.३६ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ । यसदिन होटल तथा पर्यटन समूहको ०.०४ प्रतिशतले शेयर मूल्य बढेको हो ।

आज नेपाल फाइनान्सको ३० करोड ४० लाख रुपैयाँ, एनआरएनज इन्फाइस्ट्रचरको १८ करोड र न्यादी ग्रुपको १५ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल फाइनान्सका लगानीकताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशत र शिभ श्री हाइड्रोका लगानीकर्ताले ८ दशलमव १७ प्रतिशतका दरले कमाएका छन् ।

आज भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend