logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • जिल्ला अदालत काठमाडौँमा निर्देशक सुदर्शन थापासहित ३ जनाविरुद्ध मुद्दा दायर

    जिल्ला अदालत काठमाडौँमा निर्देशक सुदर्शन थापासहित ३ जनाविरुद्ध मुद्दा दायर

    1.1K
    Shares
    जिल्ला अदालत काठमाडौँमा निर्देशक सुदर्शन थापासहित ३ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा फिल्म निर्देशक सुदर्शन थापा सहित तीन जना बिरुद्ध मुद्दा दर्ता गरिएको छ । निर्देशक थापा सहितले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

    प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा आज आइतबार सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेको हो ।

    गएको जेठ २१ गते प्रहरी वृत्त मालीगाउँले थापालाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धको जिम्मा लगाएको थियो । त्यसपछि उनलाई जेठ २३ गते हाजिर जमानीमा छाडेर प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो । यो मुद्दामा थापासहित ओमप्रकाश अग्रवाल र मिलनकुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।

    उनीहरु तीन जनाविरुद्ध पशुपति प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए । पशुपति प्रसाद–२ चलचित्र निर्माण गर्दा थापा निर्देशक, र श्रेष्ठ सम्पादक थिए । छायाँकनको काम सकिएपछि सम्पादन गर्नुपर्ने जिम्मा मिलनको थियो ।

    त्यसपछि इनकमिङको लागि डीसीएन कम्पनीमा पठाउने र डीसीएनले नै विभिन्न डिजिटल कम्पनीहरुलाई बिक्री गरी सम्झौताको प्रतिलिपी र मुञ्जुरीनामा दिएपछि उनहिरुले सम्झौता विपरीत काम गरेको आरोप निर्माता बस्नेतले लगाएका थिए ।
    निर्देशक थापा, सम्पादक श्रेष्ठ र ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल मिलेर निर्मातालाई कुनै जानकारी नै नदिई चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्रको ट्रेलर बिक्री वितरण गरेर १ करोड ५० लाख बराबरको हानी पुर्याएको आरोप लगाइएको थियो ।

    निर्माताको जानकारी र अनुमति बिनै ओएसआरले १९ फागुन २०७९ मा चलचित्र प्रदर्शन गरेको, अमेरिका, अष्ट्रेलिया, दुबई, कतार लगायतका मुलुकमा समेत आफूखुसी बिक्री वितरण गरेर आपराधिक विश्वासघात गरेकोे निर्माताको आरोप थियो ।
    अनुमतिबिना ओएसआरको युट्युबबाट चलचित्रमार्फत ६० लाख, विदेशी मुलुकहरुबाट ९० लाख गरी १ करोड ५० लाख समेत आर्जन गरेर ठगी गरेको निर्माता बस्नेतको आरोप थियो ।

    विश्वासघात गरेर लाभ लिई मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा (१) अनुसारको कसुर गरको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ । १ करोड ५० हजार रुपैयाँ बिगो, क्षतिपूर्तिका साथै ७ वर्षसम्मको कैद मागदाबी गरिएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend