logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • आजको मौसम : पश्चिम तराईमा तातो लहर, अन्यत्र वर्षाको सम्भावना कति ?

    आजको मौसम : पश्चिम तराईमा तातो लहर, अन्यत्र वर्षाको सम्भावना कति ?

    2.6K
    Shares
    आजको मौसम : पश्चिम तराईमा तातो लहर, अन्यत्र वर्षाको सम्भावना कति ?

    काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

    केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू(भागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

    ती भूभागहरूमा आगामी ४ दिन (असार ३ गते देखि २०८१ असार ६ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend