logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • टी-२० विश्वकप : बंगलादेशसामु नेपालको हार, ब्याटिङ नचल्दा चुक्यो नेपाल

    टी-२० विश्वकप : बंगलादेशसामु नेपालको हार, ब्याटिङ नचल्दा चुक्यो नेपाल

    11K
    Shares
    टी-२० विश्वकप : बंगलादेशसामु नेपालको हार, ब्याटिङ नचल्दा चुक्यो नेपाल

    काठमाडौँ । बंगलादेश सामु नेपालले हार बेहोरेको हो । बंगलादेशले दिएको १०७ रनको लक्ष्य नेपालले पूरा गर्न सकेन ।

    बलिङ राम्रो गरेको नेपाल ब्याटिङमा भने चम्कन नसक्दा बंगलादेशसामु २१ रनले हारेको हो ।

    १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।

    कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे ।

    दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे ।

    किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend