logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • काठमाडौंमा पेट्रोल अभाव, बन्द भए पम्प

    काठमाडौंमा पेट्रोल अभाव, बन्द भए पम्प

    2.4K
    Shares
    काठमाडौंमा पेट्रोल अभाव, बन्द भए पम्प

    काठमाडौं । काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ ।

    ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण उपत्यकामा पेट्रोल अभाव देखिएको हो ।

    थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले उतै रोकेका छन् ।

    शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो।

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन थालेको हो।

    आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवासुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend