बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । आइतबार तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन आज तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend