बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

भद्रपुर मालपोतको राजस्व वृद्धि, चालु आवको ११ महिनामा ७० करोड ९८ लाख बढी सङ्कलन

भद्रपुर मालपोतको राजस्व वृद्धि, चालु आवको ११ महिनामा ७० करोड ९८ लाख बढी सङ्कलन

भद्रपुर (झापा) । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ११ महिनामा ७० करोड ९८ लाख १३ हजार आठ सय ९१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ११ हजार आठ सय ६१ थान रजिस्ट्रेसन पारितबाट उक्त आम्दानी भएको हो ।

चालु आवमा जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए । “गत आव २०७९/८० को ११ महिनाको तुलनामा चालु आवमा २० करोड ८७ लाख ९३ हजार छ सय १४ रुपैयाँले राजस्व सङ्कलन बढेको छ,” उनले भने । गत आवको सोही अवधिमा ५० करोड एक लाख २० हजार दुई सय ७७ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

चालु आवमा सेवा करबापत छ करोड ८६ लाख ७० हजार दुई सय ८९ रुपैयाँ, रजिष्ट्रेसन दस्तुर ४३ करोड ४३ लाख ७८ हजार तीन सय ५५ रुपैयाँ, छुटबापत पाँच करोड ७० लाख ६३ हजार सात सय ४५ रुपैयाँ, डोर सुविधा शुल्क एक लाख ६५ हजार रुपैयाँ सङ्कलन भएको छ ।

पूँजीगत लाभकर २६ करोड ३५ लाख ५५ हजार तीन सय ८५ रुपैयाँ र विलम्ब शुल्कबापत एक लाख आठ हजार छ सय छ रुपैयाँ राजस्व सङ्कलन गरिएको सूचना अधिकरी दाहालले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend