logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • ओशोधारा नेपालको योग साधना सम्पन्न

    ओशोधारा नेपालको योग साधना सम्पन्न

    1.2K
    Shares
    ओशोधारा नेपालको योग साधना सम्पन्न

    काठमाडौँ । ओशोधारा नेपालको आयोजनामा त्रिदिवसीय योग साधना आइतबार यहाँ सम्पन्न भएको छ ।

    काठमाडौँको धापासीमा आयोजित यो साधना ओशोधाराले आयोजना गर्ने चौथो तहको साधना अमृत योग भएको संस्थाका नेपाल संयोजक आचार्य प्रद्युम्नराज पाण्डेले बताए । यसअघि ध्यान योग, सुरती योग र निरती योगमा सामेल भइसकेका साधकहरुका लागि यसपटक अमृत योगको आयोजना गरिएको हो ।

    साधना समापनका अवसरमा विभिन्न अट्ठाइस चरणका साधना गराउने सूची रहेको र हरेकले यसबाट आत्मिक शान्तिका साथै सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्ने आचार्य अनन्त विष्टले बताएका छन् । यसपटकको अमृत योगमा २२ जना सहभागी भएका थिए ।

    सहभागिहरुले आफ्नो योगाभ्यासको अनुभव सुनाउदै आत्मिक शान्तिका साथै शारिरीक अभ्यास समेत गराइने हुनाले लामो समयदेखि आफ्ना समस्याहरु हल भएकोले आफूले नियमित भाग लिदै आएको बताए । प्रशिक्षक आचार्य डा नम्रता पाण्डेले ओशोधारा नेपालले आयोजना गर्ने यसप्रकारका साधनाबाट तन्त्रमन्त्र वा कुनै तान्त्रिकले रोग ठिक गरे जस्तो चमत्कार नभइ यो जीवनशैली भएको बताए ।

    उनले ओशोधारा नेपालका योग साधनाबाट वर्तमानको कोलाहलपूर्ण बन्दै गएको जीवनलाई क्रमश सहज बनाउँदै आइपर्ने समस्यालाई पनि त्यसै रुपमा ग्रहण गर्न सिकाउने विधि भएको उल्लेख गरे । अर्का आचार्य पुजारीले भने, “योग साधना सिक्नु मात्र होइन यसको नियमित प्रयोग र अरुलाई पनि सिकाउने अठोट मुख्य कुरा हो ।”

    आचार्य पुजारीले विभिन्न प्रयोगात्मक विधिको प्रशिक्षण दिएका थिए । सहभागीहरुले ओशोधारामा लाग्दा कुनै धर्म पन्थ वा घर नै छोडेर सन्यासी भएर हिड्नु पर्ने नभइ अध्यात्मको उत्कृष्ट नमुना महसुस गरेको बताएका थिए ।

    सो अवसरमा अर्को चरणको शब्द योग साउनको अन्त्यमा आयोजना गरिने पनि जानकारी दिइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend