logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गर्ने तीन जना पक्राउ, के हुन्छ सजाय ?

    कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गर्ने तीन जना पक्राउ, के हुन्छ सजाय ?

    3.5K
    Shares
    कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गर्ने तीन जना पक्राउ, के हुन्छ सजाय ?

    काठमाडौँ । कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल बनाउने उदेश्यका साथ उनीहरुले कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा प्रहरीले इलामबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।

    यो भिडियो शुक्रवार साँझ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि पशु कल्याण संघ काठमाडौँले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको तथा अहिले उक्त भिडियो हटाइएको छ । पक्राउ परेका ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो ।

    पशु कल्याण संघले काठमाडौँबाट प्रतिनिधि पठाएर उक्त विषयमा जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो । नेपालको प्रचलित कानुनले कुनैपनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ ।

    यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ । यसैगरी मुलुकी अपराध संहिता २०७५ ले कुनैपनि पशुप्राणीलाई क्रुरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend