बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

अफगान विद्यार्थीहरूका लागि सम्पदा संरक्षण कक्षा शुरु

अफगान विद्यार्थीहरूका लागि सम्पदा संरक्षण कक्षा शुरु

एजेन्सी । मध्य अफगानिस्तानको बामियान प्रान्तमा अफगान प्राथमिक विद्यालयका विद्यार्थीहरूका लागि सांस्कृतिक अवशेषहरूको संरक्षणलाई प्रवद्र्धन गर्ने उद्देश्यले सम्पदा संरक्षण कक्षा शुरु भएको छ ।

चिनियाँ पुरातत्वविद् र सांस्कृतिक सम्पदा विज्ञहरूसहित अफगान विज्ञ र अधिकारीहरू मिलेर क्रमशः विशाल बुद्ध स्थल र बामियानमा रहेको युनेस्कोले विश्व सम्पदा सूचिमा परेको शहर–ए घोलघोलामा रहेको ६ सदस्यीय टोलीले कक्षाको आयोजना गरेको थियो ।

कक्षाको समयमा अफगान विद्यार्थीहरूलाई बामियानमा सांस्कृतिक अवशेष संरक्षणको यथास्थिति, सम्पदा संरक्षणको लागि आवश्यक व्यावहारिक सीपहरू र प्राचीन सिल्क रोडमा अफगानिस्तान र चीनबीचको सांस्कृतिक आदानप्रदानको इतिहासको बारेमा सिकाइएको थियो ।

बामियानमा १ हजार ४ सय वर्ष भन्दा पुरानो दुई बुद्ध मूर्तिहरूसहित धेरै सांस्कृतिक सम्पदाहरु छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend