logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि

    819
    Shares
    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि

    काठमाडौं । सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि शुरु हुने भएको छ । खेल मंगलवारबाट शुरु भइ शुक्रवार सम्पन्न हुनेछ ।

    गोकर्ण गल्फ क्लवमा हुने ७२ होलको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार, उपविजेताले १ लाख ७५ हजार, तेस्रोले १ लाख २२ हजार र चौथोले १ लाख २ हजार र पाँचौं हुनेले ८८ हजार रुपैयाँ पाउनेछन् ।

    यसैगरी शिर्ष २१ भित्र रहने गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा दुई चरणको समाप्तीपछि कट लागु हुनेछ । जसबाट शिर्ष २१ प्रोफेसनल तथा कट बनाउन एम्योचर गल्फरले अन्तिम ३६ होलमा प्रतिष्पर्धा गर्न पाउने आयोजकले बताएको छ ।

    शनिवार प्रो एम च्याम्पियनसिप पनि हुनेछ । जसमा २५ प्रोफेसनर र १०० एम्योचर गल्फरले प्रतिष्पर्धा गर्नेछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend