logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • ‘माया बस्यो’मा सुरेश र पाकिस्तानी सेलिब्रेटी डा. एलिया सोयवको रोमान्स

    ‘माया बस्यो’मा सुरेश र पाकिस्तानी सेलिब्रेटी डा. एलिया सोयवको रोमान्स

    2.8K
    Shares
    ‘माया बस्यो’मा सुरेश र पाकिस्तानी सेलिब्रेटी डा. एलिया सोयवको रोमान्स

    काठमाडौं । चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल डा. एलिया सोयव अभिनित रोमाण्टिक म्युजिक भिडियो ‘माया बस्यो’ सार्वजनिक भएको छ। यस गीतमा गायक सुरेश लामाको सुमधुर स्वर सुन्न सकिन्छ।

    युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ। गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन्।म्युजिक भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ। निर्मल कुमार लामा ( बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक लामाको युट्युव च्यानल ‘सुरेश लामा’ मार्फत सार्वजनिक भएको हो।

    नेपाल र नेपालीलाई अति नै माया गर्ने डा. एलिया सोयव गायक सुरेश लामाको टिकटक जोडीको रुपमा नेपाली फ्यानहरुमाझ लोकप्रिय छिन् । अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील परिवारको रुपमा चिनिन्छ । ‘माया बस्यो’ म्युजिक भिडियोलाई हेरेर, सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend