logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीद्धारा बिरोध प्रदर्शन

    नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीद्धारा बिरोध प्रदर्शन

    650
    Shares
    नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीद्धारा बिरोध प्रदर्शन

    काठमाडौँ । क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण नगरिएको भन्दै व्यवसायीले सोमबार काठमाडौँमा बिरोध प्रदर्शन गरेका छन् ।

    नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । व्यवसायीहरुले दूरीसम्बन्धी मापदण्ड, २०७७ अव्यावहारिक भएकाले खारेज र २०७९ माघ ११ गते मन्त्रिपरिषद्ले गरेको ढुंगागिट्टीसम्बन्धी निर्णय कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

    सरकारलाई असार १ गतेसम्म क्रसर उद्योग नवीकरणका निम्ति ‘अल्टिमेटम’ दिइएको र माग सुनुवाइ नभएकाले सडक आन्दोलन सुरु गरिएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए ।

    उनले भने, “सरकारले क्रसर उद्योगीका माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राखिने छ ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend