logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • कर्णाली प्रदेश : ६ वर्षमा ३ अर्ब आन्तरिक आम्दानी

    कर्णाली प्रदेश : ६ वर्षमा ३ अर्ब आन्तरिक आम्दानी

    559
    Shares
    कर्णाली प्रदेश : ६ वर्षमा ३ अर्ब आन्तरिक आम्दानी

    भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा दुई अर्ब ८६ करोड १० लाख ६३ हजार रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको छ ।

    आर्थिक वर्ष २०७९/८० सम्मको आन्तरिक राजस्व सङ्कलन दुई अर्ब २४ करोड १३ लाख ६३ हजार रुपैयाँ भएको छ । यो कूल राजस्व लक्ष्यको ९४.८ प्रतिशत रहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशको आन्तरिक राजस्व सङ्कलन जेठ मसान्तसम्म ६१ करोड ९७ लाख रुपैयाँ अर्थात् लक्ष्यको तुलनामा ७४.१० प्रतिशत रहेको छ । आन्तरिक आम्दानीतर्फ कमजोर रहेको कर्णाली प्रदेश सरकारको विगत ६ वर्षको कूल बजेट भने एक खर्ब ६६ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

    बजेटको संरचना हेर्दा चालुतर्फ ३७.४६ प्रतिशत र पुँजीगततर्फ ६२.५४ प्रतिशत विनियोजन भएको आर्थिक मामिलामन्त्री केसीले बताए । विनियोजनको चालुतर्फ ६२.७१ प्रतिशत र पुँजीगततर्फ ५५.०१ प्रतिशत खर्च भई समग्रमा ५७.९० प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी रहँदा सरकारको बजेट कार्यान्वनयको अवस्थासमेत कमजोर देखिएको छ ।

    संसद्मा आगामी वर्षको बजेट पेस गर्दै मन्त्री केसीले आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्मको खर्च चालुतर्फ ४९.३८ प्रतिशत र पुँजीगततर्फ २९.८७ प्रतिशत खर्च भई समग्रमा ३७.९३ प्रतिशत खर्च भएको बताए । आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्मको अवधिमा सङ्घीय सरकारबाट प्राप्त बजेटमा ससर्त, समपुरक र विशेष अनुदानमा कूल २७ अर्ब ५२ करोड रुपैयाँ प्राप्त भएकामा सो आर्थिक वर्षभित्र खर्च नसकी सात अर्ब ७८ करोड रुपैयाँ सङ्घीय सञ्चित कोषमा फिर्ता भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend