logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • वर्तमान सरकारको भविष्यबारे चिन्ता गर्नेबेला भएको छैन : महासचिव पोखरेल

    वर्तमान सरकारको भविष्यबारे चिन्ता गर्नेबेला भएको छैन : महासचिव पोखरेल

    637
    Shares
    वर्तमान सरकारको भविष्यबारे चिन्ता गर्नेबेला भएको छैन : महासचिव पोखरेल

    मलेखु (धादिङ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको भविष्यबारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले सत्ता समीकरणमा रहेका एमालेलगायतका सबै दल यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताए ।

    प्रेस चौतारी नेपाल धादिङले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटका क्रममा महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले यही सरकारलाई निरन्तरण दिने धारणा व्यक्त गरे । उनले भने, “वर्तमान समीकरणबाट मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो । त्यहीअन्तर्गत नयाँ समीकरण बनायौँ अहिले पनि हामी यो समीकरणको निरन्तरताका पक्षमा छौँ ।”

    महासचिव पोखरेल एमाले जिल्ला कमिटी धादिङको तीनदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न धादिङबेंसी आइपुगेका हुन् ।

    सरकार कमजोर बन्यो भने जनतामा निराशा बढ्छ कि भन्ने चिन्ता भए पनि सरकारको भविष्य के होला भन्ने चिन्ता लिनुपर्ने समय आइनसकेको एमाले महासचिव पोखलेको भनाइ छ ।  सरकारले राम्रो काम गरोस्, जनता अपेक्षालाई सम्बोधन गरोस्, सुशासन दिन सफल होस्, जनताका मुद्दातर्फ ध्यान केन्द्रित होस्, अरु कुरामा विरोध जनाउनुपर्ने र सरकार परिवर्तन गरिहाल्नुपर्ने अवस्था नरहेको पोखरेलको भनाइ छ ।

    “कमी कमजोरी भएका भएका विषयलाई सच्याएर अघि नबढ्दा २०८४ सम्म जनतामा निराशा छाउने पो हो कि भन्ने चिन्ता एमालेमा छ । यसको विकल्पमा अरुको खोजी चाहिँ होइन”, उनले भने, “अर्को समीकरणको खोजी गर्नुपर्छ भन्ने खालको बुझाइ होइन ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend